सबैलाई पठाउनु होला

काठमाडौंमा युवाहरूको प्रदर्शन : मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौंमा गत भदौ २३ र २४ गते भएको घटनासम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले प्रदर्शन गरेका छन् । राष्ट्रिय जेनजी नागरिक अभियान ले बुधबार काठमाडौंको माइतीघर मण्डला मा विरोध प्रदर्शन गर्दै आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको हो ।

प्रदर्शनमा सहभागी युवाहरूले “जनताको अधिकारभन्दा ठूलो कुनै सत्ता र शक्ति हुँदैन”, “मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर”, “मानवअधिकार आयोग डरायो”, “जेनजी प्रतिवेदन कता हरायो ?” लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

अभियानका सह संयोजक अजय सोडारी ले घटनाको १० महिना बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक नभएकाले बाध्य भएर सडक आन्दोलन गर्नुपरेको बताए ।

उनले देशमा मानवअधिकार संरक्षण र सुनिश्चित गर्ने जिम्मेवारी बोकेको आयोगले आफ्नै अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न नसक्नु दुःखद भएको टिप्पणी गरे ।

प्रदर्शनकारीहरूले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि निष्पक्ष छानबिन र कारबाही गर्न पनि सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com