सबैलाई पठाउनु होला

काठमाडौँ । स्वर्णिम वाग्ले ले राष्ट्रपति रामचन्द्र पौडेल लाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे जानकारी गराएका छन्।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सम्बन्धी विवरण राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका हुन्।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले संसद्मा पेस गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ तथा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका थिए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोलि अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com