सबैलाई पठाउनु होला

 

गुनासो चौतारी , शीतल निवास बाहिर जेनजीहरूको रिहाइको माग गर्दै गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले गरेको धरपकडपछि दुई जना बेहोस भएका छन्। उनीहरूलाई तत्काल उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ।

थुनामा रहेका जेनजीहरूको रिहाइको माग गर्दै आफन्त र अभियन्ताहरूको समूह आज राष्ट्रपति कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शनमा उत्रिएको थियो। प्रारम्भमा उनीहरूले गेट अगाडि प्रदर्शन गरेका थिए, जसपछि प्रहरीले उनीहरूलाई तोकिएको स्थानमा सार्दै पछाडि धकेलेको बताइएको छ।

प्रदर्शनकारीहरूले प्रहरीको निर्देशनअनुसार तोकिएको स्थानमा शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका बेला केहीबेरपछि एक डीएसपी नेतृत्वको टोलीले धरपकड गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। सोही क्रममा दुई जना बेहोस भएर ढलेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com