काठमाडौं, जेठ २७ , लामो समयदेखि जारी प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सत्ता पक्ष र विपक्षी दलहरू सहमत भएका छन्। बुधबार सिंहदरबारमा भएको छलफलपछि विपक्षी दलहरूले सदनको अवरोध हटाउने निर्णय गरेका हुन्।
बैठकपछि नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रतिनिधिसभामा परराष्ट्रमन्त्री शिशिर खनाललाई बोल्न दिने तथा सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्ने सहमति भएको जानकारी दिए।
उनले लामो समयसम्म सदन अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भएकाले अब सदन सञ्चालनमा अवरोध नगर्ने, तर आफ्ना मुद्दा र सरोकारबारे भने निरन्तर ध्यानाकर्षण गराइरहने बताए।
यस सहमतिसँगै लामो समयदेखि प्रभावित हुँदै आएको संसद्को नियमित कार्यसूची अघि बढ्ने अपेक्षा गरिएको छ।

