सबैलाई पठाउनु होला

नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/०८४ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। मंगलबार राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै मुलुकको आर्थिक स्थायित्व, वित्तीय प्रणालीको सुदृढीकरण तथा निजी क्षेत्रको उत्पादनशील लगानीलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

गभर्नर पौडेलका अनुसार चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मुद्रास्फीतिलाई ५.५ प्रतिशतको लक्ष्यभित्र सीमित राख्ने उद्देश्य निर्धारण गरिएको छ। मूल्य स्थायित्व कायम गर्दै समग्र अर्थतन्त्रमा सन्तुलित आर्थिक गतिविधि प्रवर्द्धन गर्ने नीति लिइएको उनले बताए।

त्यसैगरी, आगामी आर्थिक वर्षका लागि निजी क्षेत्रतर्फको कर्जा विस्तारको लक्ष्य ११ प्रतिशत कायम गरिएको छ। उत्पादन, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप गति दिन निजी क्षेत्रको लगानी विस्तारमा जोड दिइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ मौद्रिक नीतिले बैंकिङ तथा वित्तीय प्रणालीलाई थप सबल, वित्तीय अनुशासनलाई प्रभावकारी तथा समग्र अर्थतन्त्रलाई दिगो र समावेशी विकासतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।

पूर्ण पाठ Monetary_Policy-2083_84

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com