सबैलाई पठाउनु होला

 

काठमाडौं। सर्लाहीको गडैता नगरपालिका १० निवासी ३५ वर्षीय विवेक मण्डलको आफैंमाथि पेट्रोल छर्केर आगो लगाएको घटनापछि उपचारका क्रममा निधन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको मंगलबार बिहान करिब २:४० बजे मृत्यु भएको हो।

मण्डलले गत असार २६ गते आफ्नै घरनजिक पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। घटनापछि उनलाई गम्भीर अवस्थामा हेलिकोप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो। शरीरको ठूलो भाग जलेका कारण चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको ज्यान बचाउन नसकिएको प्रहरीले जनाएको छ।

यसअघि काठमाडौंमा गणेश नेपाली र अश्विन राउतले पनि आफैंमाथि आगो लगाएका थिए। उनीहरूको पनि उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको थियो।

पछिल्ला दिनहरूमा आत्मदाहका यस्ता घटनाहरू दोहोरिन थालेपछि मानसिक स्वास्थ्य, सामाजिक–आर्थिक समस्या तथा संकटमा परेका नागरिकलाई समयमै सहयोग र परामर्श उपलब्ध गराउने विषयमा गम्भीर बहस सुरु भएको छ। यस्ता घटनाले राज्य, समाज र सम्बन्धित निकायलाई नागरिकको पीडा समयमै सम्बोधन गर्नुपर्ने आवश्यकता पुनः स्मरण गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com