२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएलगत्तै गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले भेट गरेका छन्।
हङकङबाट आजै स्वदेश फर्किएका देउवालाई मनाङेले महाराजगञ्जस्थित निवासमा पुगेर भेटेका हुन्। देउवा निवासमा आज कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट गरिरहेका छन्।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवालाई कांग्रेस इतर समूहले भव्य स्वागत गरेको थियो। स्वागतका लागि निकालिएको र्यालीमा पूर्वमन्त्री मनाङे पनि सहभागी देखिएका थिए।
मनाङे मनाङबाट दुई पटक स्वतन्त्र उम्मेदवारी दिँदै निर्विरोध निर्वाचित भएर गण्डकी प्रदेशसभा सदस्य बनेका थिए। प्रदेशसभा सदस्य रहँदा उनी गण्डकी प्रदेश सरकारमा मन्त्रीसमेत बनेका थिए।
देउवा स्वदेश फर्किएलगत्तै मनाङेको भेटलाई भने राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

