काठमाडौँ — ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ ।

सोमबार गरिएको पीसीआर परीक्षणमा मन्त्री रायमाझी र परिवारका सदस्य तथा सचिवालयका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्री रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको र सावधानीका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको स्वकीय सचिव लीला जीसीले जानकारी दिए ।

‘सोमबार मन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका केही सदस्यले स्वाबको नमुना परीक्षणका लागि दिनु भएको थियो । मन्त्रीज्यू, परिवार र सचिवालयका केही सदस्यलाई कोरोना पुष्टि भएको छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com