काठमाडौं । कोरोना भाइरस बिरुद्धको खोप लगाउन गएकाहरूको भिडले पानीपोखरीस्थित नेपाल प्रहरीको अस्पताल कम्पाउन्ड भरिभराउ छ ।  स्वास्थ्य मन्त्रालयले तय गरेको दुई मिटरको दुरी कायम गर्नुपर्ने सरकारी मापदण्डको प्रहरीको अस्पतालमा धज्जी उडाइएको छ । तर, अस्पतालले मापदण्ड पालना गराउन सकेको छैन ।

महामारी बढेपछि मंगलबार बिहान खोप लगाउन प्रहरी अस्पताल पुगेकाहरू ठेलाठेल गरेर खोप लगाइरहेका छन् । प्रहरी अस्पतालसँग १५ सय खोप छ । तर, लाइनमा बसेकाहरु कति छन् भन्ने एकिन गर्न सकिने अवस्था छैन। खोप लगाउन आएका मानिसलाई बुझाउन नसकिएको बताउँछिन्, अस्पतालकी प्रमुख (एआईजी) डा.आशा सिंह । ‘दुई मिटरको दुरी कायम गर्नुस् भन्दा पनि टेर्दैनन्’ डा. आशाले  भनिन्– ‘पब्लिक सेन्टिमेन्टको कुरा छ, प्रहरीकै अस्पतालमा लाठीचार्ज पनि कसरी गर्ने ?’

मर्ने, बाँच्ने कुरा भएको भन्दै आफुसँग भएको १५ सय डोजले नपुगे फेरि मगाएर पनि खोप लगाउने अस्पतालको तयारी छ । ‘खोप नपुगे फेरि ल्याउँछौँ’ डा.आशा भन्छिन्– ‘हिजो साढे १५ सय डोज लगाएका थियौं ।’  सर्वसाधारणले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने भएपनि मास्क समेत नलगाई लाइन बसेको आफुले देखेको डा. सिंहले बताइन् ।

प्रहरी अस्पतालमा भिड लागेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिएको छ ।  सामाजिक सञ्जालमा नभएर आफुले अस्पताल हातामै भिड देखेको बताउँदै डा. सिंहले भनिन्– ‘प्रहरी बोलाएर लाठीचार्ज गर्न मिलेन, सकेसम्म सबैलाई खोप लगाएर पठाउँछौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com