सबैलाई पठाउनु होला

असार ८ गते : अन्तर्राष्ट्रिय चार्टर उडानमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकबाट चर्को भाडा असुल भएको गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसमा संलग्नलाई कारबाही गर्न तदारुकता देखाएको छ।

नियमित भाडादरभन्दा चार गुणामाथि असुलेर यात्रु ठगी गरेको देखिएपछि मन्त्रालयले यसमा संलग्न कर्मचारी, ट्राभल एजेन्सी र वायुसेवा लगायतका सम्भावित दोषी पहिचान र कारबाहीका लागि सोमबार एक छानबिन समिति गठन गरेको छ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। सरकारले सीमित देशमा हप्ताको एउटा मात्र अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै केही ट्राभल एजेन्सीले तोकिएको भाडादरभन्दा अत्यधिक चर्को शुल्क लिएको गुनासो सम्बन्धित देशको दूतावास हुँदै मन्त्रालयसम्म आइपुगेको हो। अहिले निजी क्षेत्रको वायुसेवा हिमालय एयरलाइन्सले नेपालबाट खाडी मुलुकमा चार्टर उडान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com