असार २० गते आईतवार : बर्षायाम सुरु भयसगै नेपालको बिभिन्न जिल्लामा बाढि पहिरोले धेरै क्षती पुरायको छ यसै क्रममा अजिरकोट ४ बालुवा बजार देखि बारपाक जोड्ने पुल (सडक) गए राति परेको अविरल वर्षाका कारण बाढि आयर पूर्ण रूपमा क्षती भएको छ ।जसले गर्दा बारपाक सुलिकोट गाउँपालिका वडा न १,२,४ को बासिन्दालाई धेरै मार परेको छ । वैकल्पिक मार्ग पनि कुनै नभएको कारण स्थानीयहरु झन् तनावमा छन्|उक्त सडक भयर आवत जावत गर्न थप सङ्कट भयकोले यस ठाउमा समन्धित निकायको ध्यान पुग्नु आबस्यक छ।

यसै गरी दरौंदीको बाढीले बारपाक सुलिकोट अजिरकोट जोड्ने पक्की पुल भत्काए पछि स्थानीयहरु जोखिम मोलेर हिड्न वाध्य भयको छ|यसै क्रममा पहिले देखी हिडन छोडेको जीर्ण झोलुङ्गे पुलबाट आउजाउ गर्न वाध्य भयको छ ।


