सबैलाई पठाउनु होला

असार २२ गते मंगलवार : नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा सुरू भएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एकता कार्यदलको बैठक सुरू भएको हो।
यसअघि सोमबार साँझ बसेको बैठकले अनौपचारिक छलफलको पुनरावलोकन भएको भन्दै उनले आज फेरि बैठक बस्ने निर्णय गरेको थियो।

कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्।
यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।

जेठ ७ गतेदेखि कार्यदलको बैठक बस्न सकेको छैन। यद्यपी त्यसयता दुवै पक्षका नेताहरु अनौपचारिक रुपमा छलफल गर्दै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com