सबैलाई पठाउनु होला

असार २४ गते बिहीवार :चितवन जिल्लाको दक्षिणी क्षेत्र माडीका खहरे खोलाहरूमा बाढी आउँदा बस्ती डुबानमा परेका छन् । बुधबार राति र बिहीबार बिहानैदेखि चितवनमा लगातारजसो वर्षा भइरहेको छ ।
माडी नगरपालिका-१ बरुवामा १५ घर डुबानमा परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्य थापाले बताए । उनका अनुसार स्थानीयले प्रहरी चौकीमा आश्रय लिएका छन् ।
माडीका वनकट्टा, कल्याणपुर, छरछरे गोविन्द बस्ती क्षेत्रमा लगातार पानी परेका कारण बाढीको खतरा बढेको चितवन जिल्ला प्रशासन कार्यालयका अधिकृत खेमराज पौडेलले बताए । जिल्लाका सबै क्षेत्रमा जोखिम बढेको भन्दै उनले स्थानीयलाई सजग रहन आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com