सबैलाई पठाउनु होला

असार २८ गते सोमबार : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सर्वोच्च अदालतको फैसलाबाट प्रतिगमन परास्त भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि नेता शर्माले प्रतिगमन परास्त भएको प्रतिक्रिया दिएका हुन् । ट्वीटरमा समेत शर्माले लेखेका छन्, ‘प्रतिगमन परास्त भो ।’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सोमबार सर्वोच्च अदालतले त्यसलाई बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com