जनाताको शुख दु:खमा निरन्तर खटिदै आएका युबा नेता समाजसेवी उत्तर कुमार श्रेष्ठको पहलमा गोरखा जिल्लाको विभिन्न ठाउमा राहत तथा स्वास्थ सामाग्री बितरण कार्य भाईरहेको छ । जिल्लाको १२ किलो स्वास्थ चौकी,गोरखा मनकामना यातायात प्राली,सिरानचोक गाउपालिका वार्ड नम्बर १ को नमूना आमा समुहलाई मास्क,स्यानिटाइजर,म्याट र सेनेटरी प्याड गोर्खाक जुजारु मिलनसार युबा नेता सुरेन लामिछाने मार्फत हस्तान्तरण गर्नुभएको छ।
त्यस्तै पहिरो गएर खुल्ला आकाश मुनी रात बिताएकाहरु सहिद लखन गाउपालिका ७ को अधेरिमा पाल हस्तान्तरण गर्नुभएको छ। त्यस्तै यसै वार्डको मकैशिङ डाडागाउका ३ घर परिवार चन्द्र बहादुर श्रेष्ठ, तोलक बहादुर श्रेष्ठ, राम माया श्रेष्ठलाई तत्कालको आबस्यक विभिन्न सामाग्री गाउपालिका उपाध्यक्ष इन्दिरा तिवारि,वार्ड अध्यक्ष शरण श्रेष्ठ र नेकपा माओवादी केन्द्रका नेता राजन आले मगर मार्फत अभियन्ता उत्तर कुमार श्रेष्ठले हस्तान्तरण गरेका छन् ।
सहिद लखन ८ मा अबस्थित राम्चे प्राबी, भिमसेन तारा,महादेव पुर,छापथोक सामुदायिक भबन लाई समेत उहाले म्याट,सेनेटरी प्याड,पाल र अन्य थुप्रै स्वास्थ सामाग्री हस्तान्तरण गर्नुभएको छ। सहिद लखन ८ मा रहेको सहिद स्मृति माबिलाई उहाले सेनेटरी प्याड,मास्क र सेनिटाइजर बितरण सहयोगि दाताहरु युबा ब्यबसायी नबराज अम्गाई, कलाकार कमल बाबू परियार ,रामहरि श्रेष्ठ,नबलकिशोर,,अमृत श्रेष्ठ हटिया,संकल्प श्रेष्ठ,रामप्रसाद भन्तना,प्रकाश अम्गाइ,सुरज रेग्मी,बुद्दिजिबी प्रकाश कोइराला,धनबहादुर श्रेष्ठ प्रति समेत अभियन्ता उत्तर कुमार श्रेष्ठले हार्दिक कृतज्ञता व्यक्त गरेका छन ।

