श्रावण १, काठमाडौँ। वातावरणीय प्रदुषण कम गर्न नेपालमा आजदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
शपिंग महल र डिपार्टमेन्ट स्टोर लगायत सबै व्यवसायीक संस्थाहरुले प्लास्टिकको झोलाको सट्टा कपास, जुट वा कागज ब्यागहरु प्रयोग गर्नुपर्ने वन तथा पर्यावरण मन्त्रालयले बताएको छ।
प्लास्टिकको झोलाहरु नियमित प्रयोगका लागि सजिलो भएतापनि यस्ले वातावरणलाई धेरै असर गरेको पाईन्छ । काठमाडौंमा मात्रै एक लाख भन्दा बढि प्लास्टिकका झोलाहरु एकै पटक प्रयोग गरिन्छ, र यश शहरको फोहोरमा १६ प्रतिशत भन्दा बढि प्लास्टिकका फोहोरहरु हुन्छन। नेपालमा करिब २०४ टन प्लास्टिकका फोहोरहरु उत्पादन हुन्छन। भने १३१ टन प्लास्टिकबाट उत्पादन भएका फोहोरमैला सडक नदिनाला र फोहोरमैला साइडमा फालिन्छ ।
वन तथा पर्यावरण मन्त्रालयको योजना सफल भएमा बागमती, विष्णुमति र मनोहरा जस्ता नदिहरु प्लास्टिक मुक्त हुनेछन ।

