सबैलाई पठाउनु होला

काठमाडौं, ४ साउन । नेकपा एमालेको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने सम्मको रणनीति बुनिएको छ । उनलाई केन्द्रीय कमिटीमा अल्पमतमा पारेर हटाउने सम्मको रणनीति बुनिएको हो ।

विश्वस्त स्रोतका अनुसार ओलीविरुद्ध केन्द्रीय कमिटीमा १०२ जना पुर्याउने गृहकार्य चलेको छ । सर्वोच्च अदालतले नेकपा एमालेको नवौं महाधिवेशनको कमिटीलाई मान्यता दिने गरी गरेको फैसलाको आधार मानेर उक्त संख्या पुर्याएर ओलीलाई हटाउने रणनीति उनीविरोधी समूहले गृहकार्य बढाएको हो ।

नवौं महाधिवेशनको २०३ सदस्यीय केन्द्रीय कमिटीमा माधवकुमार नेपाल पक्षमा ८८ जना रहेको बुझिएको छ ।बामदेव गौतम पनि नेपालसँगको सहकार्यमा रहेकाले लगभग १०० केन्द्रीय कमिटीको संख्या पुग्ने आँकलन गरिएको छ । बाँकी केही केन्द्रीय सदस्य ओली पक्षबाट तान्ने गरी तयारी बढाइएको छ ।पछिल्लो समय ओली पक्षकै केही नेताहरु असन्तुष्ट बनेका छन् । उनीहरु नेकपा एकताका लागि ओलीको विकल्पमा जानुपर्ने सम्मको तयारीमा पुगेको बुझिएको छ ।

नेकपा एमाले मिल्ने सम्भावना लगभग अन्त भएपनि ओलीलाई अध्यक्षबाट राजीनामा गर्न लगाउने या हटाएर भएपनि बढ्ने रणनीतिका साथ दोस्रो पुस्ताका हस्ती नेताहरु आन्तरिक गृहकार्यमा छन् । ओलीले राजीनामा दिने सम्भावना लगभग छैन । त्यसैले उनलाई हटाउने रणनीतिमा ओलीनिकट मानिएका केही नेताहरु नै लाग्न सक्ने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com