सबैलाई पठाउनु होला

साउन ५, काठमाडौं । बागलुङमा विषादियूक्त मदिरा पिउँदा चार जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर बिरामी परेका छन् ।

बागलुङ जिल्लाकाे गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो ।मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन,३० वर्षीय प्रविन घर्ती, ३९ वर्षीय दूधबहादुर राना र ५१ वर्षीय रेखबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

मदिरा पिएर गम्भीर बिरामी परेका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुले सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका थिए । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com