साउन ५ ,काठमाडौं । मोटरसाइकलमाथि एक जना व्यक्ति मृत भेटिएका छन् । विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना व्यक्तिको लाश फेला परेको हो । सोमबार राति विराटनगर महानगरपालिका–५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा लाश भेटिएको जानकारी दिइएको छ ।

को४प २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका व्यक्ति विराटनगर–५ मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने रहेको जनाइएको छ । लाश भेटिएपछि प्रहरीले पोष्ट मार्टमका लागि कोशी अस्पताल विराटनगर पठाएको छ ।

मोटरसाइकलमा बसेको जस्तै अवस्थामा लाश भेटिए पनि घटना शंकास्पद रहेको प्रहरीले उल्लेख गरेको छ । मृतकले लगाएको पेन्ट च्यातिएको र दाहिने हातमा चोट देखिएका कारण घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान शुरु थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com