साउन ८, काठमाडौं । त्रिभुवन विमानस्थलमा यात्रुको सहजीकरणका लागि स्वयमसेवक खटिएका छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुको सहजीकरणमा स्वयमसेवकले काम गर्ने विमानस्थलका महाप्रवन्धक प्रताप तिवारीले जनाएका हुन् ।
गीता एभिएसन, एयरलाइन्स अपेरेटर्स एसोसिएसन अफ नेपाल र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा विमानस्थलमा स्वयमसेवक खटाइएको हो ।
कोरोना भाइरसको महामारीकाबीच लागू गरिएका विभिन्न नियमहरुको पालनामा अलमल हुँदा, आवश्यक कागजात र विवरण भर्ने काममा समेत स्वयम् सेवकले यात्रुलाई सेवा दिन छन् ।
अहिले निश्चत मुलुकहरु तोकेर हवाई उडान खुला गरिएको छ । आन्तरिक गन्तब्यमा भने माग अनुसार नै उडान खुला गरिएको छ । सोहीकारण आन्तरिक र अन्तर्राष्ट्रिय दुबै टर्मिनलमा यात्रुको चाप बढिरहेको छ ।

