साउन १०, काठमाडौं । यातायात व्यवसायीले विभिन्न माग राख्दै सरकारलाई चाबी बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् ।

उनीहरुले विभिन्न ७ बुँदे माग राख्दै ती माग पूरा नगरे यातायात सञ्चालन गर्न नसकिने बताएका छन् ।

चाबीसँगै बुझाइएको ज्ञापनपत्रमा खोपको व्यवस्था र सवारी दुर्घटना भएम ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपने, भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिन माग गरिएको छ ।

त्यस्तै कोरोनाको कारण बन्दाबन्दीको अवधिलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुन र्तालिकीकरणहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने, दुर्घटनाको गम्भीर उपचारमा २० लाखसम्मको विमा हुनुपर्ने पनि उनीहरुले माग गरेका छन् ।

महासचिव भरत नेपालले आफूहरुले ७ बुँदे माग राखेर असार २४ गतेदेखि आन्दोलन शुरु गरेको र चाबी बुझाउने कार्यक्रम पहिलो चरणको अन्तिम कार्यक्रम भएको बताए । ‘यो मागबारे सरकार कति गम्भीर हुन्छ त्यो हेर्छौं, भोलि हाम्रो समीक्षा बैठक छ, त्यसपछि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा हुन्छ’ उनले भने ।

हेर्नुहोस् यातायात व्यवसायीको माग

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com