साउन ११, काठमाडौं । पर्सामा लागू औषधसहित  एकजना युवक पक्राउ परेका छन् । ६०० एम्पुल इन्जेक्सनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३४ रामगढवाका २६ वर्षीय अफरोज मियाँ अन्सारी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको मोटरसाइक क्यूआरटी टोलीले  इनर्वागाउँ चौताराबाट  अन्सारीलाई आइतबार साँझ नियन्त्रणमा लिएको हो

चेकजाँचका क्रममा अन्सारीको साथबाट  नुर्फिन २०० एम्पुल, डाइजेपाम २०० एम्पुल र फेनारगन २०० गरी जम्मा ६०० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com