आजको बैठक जेष्ठ सदस्यका हैसियतमा बरिष्ठ नेता झलनाथ खनालले सञ्चालन गरेका थिए।बैठकमा बोल्दै प्रचण्डले आजको बैठकले संसदीय दलमा आफूहरूसँग स्पष्ट बहुमत रहेको बताए। उनले केही साथीहरू बिरामी र अन्य कामले बैठकमा आउन नसकेको बताए।
‘ओलीसँग गणपूरक संख्या पनि पुग्दैन,’ प्रचण्डले भने,’यसले वैधानिकता पाओस् भनेर हामीले कानुन व्यवसायीहरूसँग पनि छलफल गरेका छौं।’यसअघि पुस ८ मा पनि उक्त समूहले प्रचण्डलाई संसदीय दलको नेता चुनेको थियो।

