काठमाडौं । सडक दुर्घटना एक दम्पतीको मृत्यु भएको छ । झापाको दमकको ताराबारी चिया बगान नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।सुरुंगाका एक दम्पतीको मृत्यु भएको जानकारी दिइएको छ । प्रहरीका अनुसार मंगलबार राति १०ः१२ मा दुर्घटना भएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक कनकाई नगरपालिका–३ बस्ने ४३ वर्षिय पूर्णबहादुर विष्ट र पछाडि सवार उनकी श्रीमती ३६ वर्षिया भीमा विष्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जानकारी अनुसार उनीहरु सुरुङ्गाको हेवन होटलका सञ्चालक समेत रहेका थिए । घाइतेहरुलाई उपचारका लागि लाइफलाइन अस्पताल लैजाने क्रममा बीचमै मृत्यु भएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले यसको पुष्टि गरेको छ । दुर्घटनापछि ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

चालक विराटनगर ४ बस्ने ४८ वर्षीय सुजन थापालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com