साउन २१ , काठमाडौं । काठमाडौंको गोंगबुबाट एक थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धादिङका २४ वर्षीय   विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगर छन् ।

बुधबार साँझ महाराजगञ्ज वृत्तको प्रहरी टोलीले गोंगबु बिजी मल अगाडि चेकप्वाइन्ट राखी जाँच गर्ने क्रममा उनीहरु स्कुटर छाडेर भागेका थिए । बीजी मलको पछाडि विरेन्द्र ऐश्वर्य मार्गस्थित आरके रेष्टुरेन्टमा प्रवेश गरी लुक्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

किन भागेको भनेर सोधपुछ गर्दै उनीहरुको साथमा रहेको झोला खानतलासी गर्दा विकेश भनिने विपिन मगरले बोकेको झोलामा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।एक थान पेस्तोलसँगै एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र थोरै मात्रामा गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com