सबैलाई पठाउनु होला

साउन २५,गोरखा। पालुङ्टार नगरपालिका वडा नं ८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार बलात्कार गरी बिरामी बनाएको आरोप लागेको छ। ११ वर्षकी बालिकालाई ३७ वर्षका बुबा र काकाले बलात्कार गरेको आरोप लागेको हो।पटक पटक बलात्कारको शिकार बनेपछि पाठेघरको बिरामी बनेकी उनले गत असार २७ गते थापाथली अस्पतालमा उपचारको क्रममा फुपूसमक्ष सो रहस्य खोलेकी प्रहरीले जनाएको छ।

श्रीमती परपुरुषसँग बिहे गरी गएपछि एक्लिएका बुबाले आफूलाई घरभित्रै बारम्बार जबर्जस्ती करणी गर्ने गरेको उपचारको क्रममा उनले फुपूलाई बताएकी थिइन्। साथै काकाले समेत गत कात्तिक महिनामा आफूलाई बलात्कार गरेको उनले फुपूलाई बताएकी थिइन्।

छोरीलाई बलात्कार गरेको आरोपमा पीडितकी फुपूले आफ्ना दाजु र भाइ दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी प्रहरी नायव उपरीक्षकले जानकारी दिए। सोही जाहेरीको आधारमा प्रहरीले मेखराज र लीलाकान्तलाई गत शुक्रबार पक्राउ गरेको छ।उनीहरुविरुद्ध जबर्जस्ती करणीको शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com