सबैलाई पठाउनु होला

साउन २८,गुल्मी । गुल्मीमा चट्याङ लागेर घाइते भएका एक जना बालकको मृत्यु भएको छ ।

इस्मा गाउँपालिका–४ का ११ वर्षका राहुल गन्धर्वको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

चट्याङ लागेर अरु तीन जना गम्भीर घाइते भएका छन् । घाइते ३९ वर्षका रामबहादुर गन्धर्व, २४ वर्षकी रुपा नेपाली र ११ वर्षका किस्मत नेपालीको गुल्मी अस्पतालमा उपचारपछि थप उपचारको लागि पाल्पा पठाएको डीएसपी बताए ।चट्याङ लागेर सामान्य घाइते भएका अन्य ३ जना भने स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com