साउन २९,भैरहवा। भैरहवा भन्सार कार्यालयमा रोकेर राखेको मालवाहक ट्रकमा आगलागी भएको छ ।
भन्सार पास गरेर रोकिरहेको यु पि १३ विपी ९०८६ नम्बरको ट्रकमा आज बिहान करिब ८ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भारतबाट टाक बनाउनको लागि चाहिने केमिकल लिएर आएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले सिद्धार्थ नगर नगर पालिकाको दमकलद्वारा आगो निभाएको बताए । आगलागीबाट ट्रकका केही भागमा क्षति भएको छ भने, सामानहरु सबै जलेर नष्ट भएका छन् । आगोको कारणले खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

