।
साउन, ३१ पोखरा । पोखराको मेथलाङमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ग १ च ७२३४ नम्बरको निजी कार मेथलाङमा दुर्घटना हुँदा कार चालक बद्री केसीको मृत्यु भएको हो । उक्त दुर्घटनामा कार चालक केसीको मृत्यु भएको र दुई जना महिलाहरु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
कार दुर्घटनामा परी गम्भिर घाइते भएका केसीलाई प्रहरीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा तत्कालै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरिक्षकले जानकारी दिए ।
दुर्घटनामा परि मृत्यु भएका केसी पोखरा न्यूरोडस्थित पद्यम डेन्टल होम प्रालिका सञ्चालक हुन् । उनी विगत २ दशकदेखि पोखरामा स्वास्थ्य व्यवसायमा आबद्ध रहदै आएका थिए । मृतक केसी व्यवसायसँगै विभिन्न सामाजिक संघ–संस्थाहरुमा समेत आबद्ध रहेका थिए । दुर्घटनामा घाइते भएका सपना घोताने र किरण अर्यालको उद्धार गरी सहारा हस्पिटल पोखरामा पठाइएको प्रहरी निरिक्षकले जानकारी दिए ।

