साउन ३२, जनकपुरधाम । सिरहाको लहान नगरपालिकाबाट लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा लहान नगरपालिका १७ गोबिन्दपुर बस्ने ४० बर्षीय बागेश्वर चौधरी छन् ।

चौधरीको घरमा सोमबार दिउँसो खानतलासी गर्दा १० किलो गाँजा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपीले जानकारी दिए ।गाँजासहित चौधरीलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com