सबैलाई पठाउनु होला

भदौ १,काठमाडौँ । अफगानिस्तानबाट उद्धार गरिएका नेपालीहरुलाई काठमाडौँ ल्याइएकाे छ । अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीलाई जजिरा एयरको विमानमार्फत् बिहान सवा १० बजेतिर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएकाे हाे ।

अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई कुवेत र कतारको दोहामा  राखिएको थियाे । त्यहाँबाट काठमाडौँ अवतरण गराइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले जानकारी दिए । उनीहरूलाइ अमेरिकी एयरफोर्सकाे विमान मार्फत उद्धार गरेर कुवेत र दाेहा पुर्याइएकाे  थियाे ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै त्यहाँबाट धेरै देशका नागरिक विस्थापति हुन थालेका छन् । अझै केही नेपाली उद्धारकाे पर्खाइमा रहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com