सबैलाई पठाउनु होला

काठमाडौं, २ भदौ । अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । अमेरिका पठाईदिन्छु भन्दै नगद ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३१ तिनकुने बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका- ९ घर भएका ५९ वर्षीय लाल बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पाँचथर तुम्बेवा गाउँपालिका ५ हाङ्गुम बस्ने ३० वर्षीय ध्रुव कुमार राईलाई भिजिट भिषामा दुबई हुँदै अमेरिका जान ४० लाख रुपैयाँ लाग्छ र अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलब हुने जागिर लगाईदिन्छु भनी प्रलोभनमा पारी उक्त रकम ठगी गरी सम्पर्क विहीन भएको घटनामा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा झापा अर्जुनधारा नगरपालिका ५ शान्तिचोकबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त महाशाखाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com