सबैलाई पठाउनु होला

भाद्र ३, काठमाडौं । वैदेशिक रोजगारीमा कुवेतमा मृत्यु भएकी एक नेपाली महिलाको शव अलपत्र परेको छ ।

आर्थिक अभाव हुँदा करिव दुई हप्तादेखि अलपत्र परेको मोरङकी द्रौपती चौधरीको शव नेपाल पठाउन गैरआवसीय नेपाली संघ (एनआरएनए) कुवेतले आर्थिक संकलन सुरु गरेको छ ।

शवलाई नेपाल पठाउन ३८५ कुवेती दिनार आवश्यक पर्ने भन्दै एनआरएनएका उपाध्यक्ष उमेश पुडासैनीको संयोजकत्वमा एक समिति गठन गरी आर्थिक संकलन अभियान सुरु गारिएको एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिए। चौधरीको दुई हप्ता अगाडि आफ्नै स्पोन्सरको घरमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो । उनी भारतको बाटो हुँदै घरेलु कामदारको रुपमा विगत ४ बर्ष पहिले कुवेत पुगेकी थिइन् ।

नेपालबाट श्रम स्वीकृति नलिई त्यहाँ पुगेका कारण वैदेशीक रोजगार प्रवर्द्धन बोर्डले उनको शव नेपाल पठाउन पैसा नदिएकोले शव अलपत्र अवस्थामा रहेको एनआरएनएले जनाएको छ ।

नेपालबाट कुवेतमा घरेलु कामदार पठाउन इजाजत नभए पनि विभिन्न म्यानपावर तथा एजेन्टहरुले कुवेत, भारत, बङ्लादेश, दुबई, श्रीलंकालगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरु पठाउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com