सबैलाई पठाउनु होला

भाद्र ३, काठमाडौं। जनप्रतिनिधिमा निर्वाचित भएको ४ वर्ष वितिसक्दा पनि विकासका कामहरु नगरेको भन्दै स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको खम्बाले बाँधेका छन् ।

छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको मधुवनी जिल्लाको यो घटना हो । जहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पोलमा बाँधेर घाममा तताएका छन् ।

मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा विकास नभएको भन्दै स्थानीयहरुले आफ्नो रिस जनप्रतिनिधि उपर निकाल्न सुरु गरेको छन् । बर्षाको मौसममा बाटोमा हिडन कठिनाई भएको भन्दै स्थानीय जनताहरुले वडाध्यक्षलाई बाँधेका हुन् ।

मोहनिया नगर परिषदको वडा नम्बर १५ का वडाध्यक्ष इम्तियाज अँसारीलाई बिजुलीको पोलमा बाँधेको हो । उनलाई पोलमा बाँधेर यसको सूचना नगर पँचायतका अध्यक्ष सहित अन्य पदाधिकारीहरुलाई समेत दिएको बताइएको छ ।

वडा नं. १५  गल्लीमा सडक, नाला नभएको कारण बर्षायाममा आम नागरिकलाई सास्ती भोग्नपुपरेको छ । स्थानीयहरुलाई पैदल समेत हिडनको लागि समस्या भएपछि वडाध्यक्षलाई बिजुलीको खम्बासँग बाँधेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com