भाद्र ४, झापा । झापा– सशस्त्र प्रहरीको टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेचीस्थित सीमा ईलाका भन्सार छलेर ल्याएको साढे ४ लाख बराबरको औषधि बरामद गरेको छ ।सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार बिहीबार करिब ४ लाख ४४ हजार रुपैयाँ बराबरको ओरियन्स कम्पनीको औषधि बरामद गरेको हो ।सशस्त्र प्रहरी बलको बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट ल्याएको सो औषधी बरामद गरेको हो ।बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com