भदौ ८, जनकपुरधाम । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरुद्व मंगलबार जनकपुरधाममा प्रदर्शन भएको छ ।
नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपालका नेता-कार्यकर्ताले स्थानीय शिव चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चर्को नाराबाजी पनि गरे ।
संघका केन्द्रीय सचिवालय सदस्य जानी खानले मूल्य वृद्धिले जनता झन् पीडित हुने भएकाले मुल्य वृद्धि तत्काल फिर्ता लिन माग गरे। उनले मुल्य वृद्धि फिर्ता नलिए आफूहरु चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिए ।
निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ ।

