भदौ ९,सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ ठोकर्पा स्थित छापागाउँमा बस दुर्घटना भएको छ । बा.३ ख. ८०३० नम्बरको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । मृतकको सनाखत भैसकेको छैन् ।

लिसंखु–ठोकर्पा हुँदै काठमाडौं आउँदै गरेको बसमा सवार ३४ जना मध्ये ३२ जना घाइते भएका छन् । घाइते भएका २० जनालाई उपचारका लागी धुलिखेल अस्पतालमा पठाइएको छ । १२ जनाको स्थानिय सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com