भाद्र ९, काठमाडौं। नेपालमा राेजगार नपाए पछि नेपाली युवायुवती आफ्नाे जन्मभुमि छाडेर विदेशीने क्रम तिव्र रुपमा बढिरहेकाे छ। बजारमा यसैलाई माैका छाेपि विभिन्न बाहानामा ढग, दलाल सलबलाई रहेका छन। यसै क्रममा बेरोजगार हुनेहरु बिदेशी भुमिमा राम्राे तलब,सुबिधाकाे आशमा भाैतारिदै गर्दा सागरमाथा खाेटाङ्गका तिर्थ बहादुर थापा र गंगा वहादुर दाहाल दलालिकाे फन्दामा परेका हुन।
सिन्धुपाल्चोक पाँचपाेखरी वडा नं ७ घर भई काठमाडौंलाई आफ्नाे कार्य क्षेत्र बनाई दुबईकाे भिजिटकाे काम गर्ने र राम्रो तलब सुबिधा देखाई युवाहरुलाई ठग्दै आएकाे छ। यसै क्रममा तिर्थ बहादुर थापालाई दुबईकाे राेयल गार्डमा काम लगाईदिने भन्दै भिजिटमा पठाएर अलपत्र बनाएर सम्पर्क विहीन भए पिडित तिर्थ ब.थापा रुदै, कराउँदै सबैसँग साहरा मागेर नेपाल त आए तर उनले बुझाएकाे ४५०००० रुपैयाँ अझै फिर्ता नपाएर भाैतारी रहेका छन । आफुले बुझाएकाे पैसा भन्दा भन्दा पनि दुबईमा अनावश्यक दुःख भएकाे बताउछन्। त्यहाँबाट नेपालमा पनि १५००० खर्च भएकाे छ भन्ने गुनासाे पाेखेका छन।
मैले जस्तो दुःख कसैलाई पनि नपराेस यस्ता ठगलाई तत्काल कानुनि कठघरामा उभ्याइयाेस भन्दै आफ्नो बिचार राखे । अहिले सम्पर्कमा आए पनि उनी सिन्धुपाल्चोकमा रहेकाे र पिडीतकाे पैसा फिर्ता गर्ने भन्ने कुरै नगरे पछि थापाले हामिलाई गुनासाे गरेका हुन ।

