भदौ ११, धनगढी । कैलालीमा भरुवा बन्दुुकसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका-६ नारासोती बस्ने ५० वर्षीय गंगाराम जैसीलाई भरुवा बन्दुुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुुगरखालबाट खटिएको टोलीले जैसीलाई पक्राउ गरेको हो ।

स्थानीय जंगलमा हिँडिरहेको अवस्थामा पक्राउ परेका जैसीविरुद्ध हातहतियार सम्बन्धी मुद्दा दर्ता गरेर अनुुसन्धान थालेका प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com