भदौ ११,काठमाडौं ।  राजधानीका विभिन्न स्थानबाट चोरी भएका २४ मोटरसाइकल भेटिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छन।

महाशाखाले उपत्यकाका पशुपति, नागार्जुन न.पा., पुतलीसडक, ठमेल, बालाजु, कपन, थली, सानेपा, महाराजगंज, एकान्तकुना, राधेराधे, सामाखुसी, चावहिल, बानेश्‍वर, टोखा, पाटन अस्पताल, शेषमती, गोल्ढुङ्गा, सेतोपुल, बिजुलीबजार, भृकुटीमण्डप र बुढानिलकण्ठलगायतका विभिन्न स्थानबाट हराएका ती मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई बुझाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए  ।

भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरु बरामद गरेको बताए ।  चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको पनि उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com