भदौ १३ काठमाडौं । पाल्पामा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ । आईतबार बिहान वर्षासँगै आएको पहिरोले घर पुरिदा एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना रहेको प्रहरीले जनाएको छ  ।

पहिरोले नारायण दर्जीको एक तले कच्ची घर पुरिएको थियो । स्थानीयको अनुसार नैना सुतिरहेको अवस्थामा पहिरोले किचेर गम्भीर अवस्थामा थिइन् । त्यसपछि उनलाई उपचारको लागि अस्पताल लगिदै गर्दा बाटो मा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com