भदौ १३, जनकपुरधाम । वर्षौंदेखि जीर्ण सडक मर्मत नगर्दा आवतजावतमा समस्या भएको भन्दै जनकपुरधाममा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन् ।

जनकपुरधाम–युदकोहा सडकखण्ड अन्तर्गत जनकपुरधाम १ स्थित पुलचोकमा स्थानीय युवाहरुले आइतबार बिहानदेखि सडक अवरुद्ध गरेका हुन् । स्थानीयले टायर बालेर र बाँस तेर्स्याएर सडक अवरुद्ध गरेका छन्

सडकमा भएका ठूला–ठूला खाल्डोको मर्मत गर्न पटक–पटक सम्बन्धित निकायलाई भन्दा पनि चासो नलिएका कारण बाध्य भएर आन्दोलनमा उत्रनुपरेको स्थानीय किसन साहले बताए ।

अहिले लगातार वर्षा हुँदा खाल्डोमा पानी जमेर एकदमै समस्या भएको स्थानीयको भनाइ छ । ‘खाल्डोमा पानी जम्दा पोखरीजस्तै बनेको छ’ साहले भने, ‘सम्बन्धित निकायले चासो नलिँदा बाध्य भएर सडक जाम गरेका हौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com