कहाँ बेठीक गरें, कस्ता–कस्ता पात्रलाई कस्तो व्यवहार गरें, ती पात्रबाट पार्टीलाई के–कति फाइदा भयो भनेर अध्यक्षले फर्केर हेर्न थाल्नुपर्यो ।– राम कार्की, केन्द्रीय सदस्य, माओवादी केन्द्र
कहाँ बेठीक गरें, कस्ता–कस्ता पात्रलाई कस्तो व्यवहार गरें, ती पात्रबाट पार्टीलाई के–कति फाइदा भयो भनेर अध्यक्षले फर्केर हेर्न थाल्नुपर्यो ।– राम कार्की, केन्द्रीय सदस्य, माओवादी केन्द्रनेता–कार्यकर्तामाथि असन्तुष्ट दाहालले पार्टी अध्यक्षको हैसियतमा आफ्नो कमजोरी र भूमिकाबारे भने केही बोलेका छैनन् । निरन्तर ३२ वर्षसम्म पार्टीको एकोहोरो नेतृत्व गरेका उनले नेतृत्व हस्तान्तरण गर्ने गरी भरपर्दो युवा पुस्ता किन बनाउन सकेनन् ? यो बीचमा पार्टीको आरोहको जस लिएर अवरोहको अपजस अरूलाई भिराउन खोज्दा राजनीतिक जिम्मेवारी कसरी पूरा हुन्छ ? माओवादीभित्रै पनि यस्तै प्रश्न उठ्ने गरेका छन् । २०४६ सालदेखि १० वर्ष महामन्त्री र त्यसपछि २२ वर्ष अध्यक्षका रूपमा उनी पार्टीको शीर्षस्थ स्थानमा छन् । नेपालको समकालीन मूलधारको राजनीतिमा यसरी पार्टीको एकछत्र नेतृत्व गर्ने नेता अरू कोही छैन । कांग्रेसका देउवा अथवा एमालेका केपी ओलीले पार्टी नेतृत्वका रूपमा पहिलो कार्यकाल मात्रै पूरा गर्दै छन् ।
दोस्रो तहका नेताहरूमा ‘अवसरवादी र बिचौलिया’ सोच हावी भएकामा दाहालको गुनासो छ । यसमा कतिपय नेताहरू दाहाललाई नै जिम्मेवार ठान्छन् । ‘तल बिग्रियो भन्ने साँचो होला तर मूलमा के छ भनेर अध्यक्षले आफैंलाई हेर्नुपर्ने होइन ? दुई पटक त प्रधानमन्त्री नै हुनुभयो नि ! तर उहाँले पार्टीप्रति जनतालाई आकर्षित गर्ने गरी डेलिभरी कति दिन सक्नुभयो ? र, नयाँ पुस्तालाई कसरी प्रशिक्षित गर्न कति सक्नुभयो ?’

