सबैलाई पठाउनु होला

काठमाडौँ । प्रहरीका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ६६४५ नम्बरको यात्रुवाहक हाइस गाडीमा सवार भारतको महाराष्ट्र निवासी २६ वर्षीय सागर मालीको साथबाट ४५ लाख र त्यही ठाउँका १९ वर्षीय कृष्ण अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरेको छ ।

 

उनीहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा श्रोत खुलाउन नसकेपछि थप अनुसन्धानको लागि प्रभागको टोलीले नगदसहित महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको छ ।

 

परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार उनीहरुमाथि थप अनुसन्धान अघि बढाइएको छ । उक्त अवैध नेपाली रुपैयाँ उनीहरुले कहाँबाट ल्याएको भन्ने खुलिनसकेको बस्नेतले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com