सबैलाई पठाउनु होला

काठमाडौं ।चाडपर्ब नजिकिय सँगै चोरि डकैती बदेको छ । काठमाडौंको टोखा नगरपालिका–८ स्थित जिरीगाउँबाट सुनको गहना चोरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतका अनुसार पश्चिम रुकुम घर भएकी सजिता परियारलाई पक्राउ गरिएको हाे ।

असोज १० मा उनले जिरिगाउँ स्थित गहनराज शाहीको घरमा पसेर करिब ७ तोला गहना चोरेको दावी गरिएको छ ।

तिलहरी ठुलो १ थान, सुनको चुरा ४ थान, मुन्द्रा, औँठी र टप सहित करिब ७ तोला सुन चोरीमा संलग्न परियारलाई परिसर काठमाडौंको टोलीले सोमबार बसन्तपुरबाट पक्राउ गरेको थियो ।

जैसिदेवलमा बस्दै आएकी सजितालाई महानगरीय प्रहरी वृत महाराजगञ्जले चोरी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com