कार्तिक ८ । पाँचथरमा भएको बस दुर्घटनामा ४ जनाको ज्यान गएको छ । चाडपर्बको कारण यात्रुहरुको चाप बढ्न थालेपछि यात्रामा जोखिम बढे संगै घटना हुदा ठुलो क्षेती हुने गरेको छ ।
मृत्यु हुनेमा २ महिला र २ जना बच्चा रहेका छन् । फिदिम ४ सरखण्डेमा अहिले विहान अन्दाजी साढे १० बजे बस पल्टिएको थियो । काे १ ख ३८६५ नम्बरको बस यात्रु लिएर शिवा दोभान बाट फिदिम तिर आउदै थियो । केहि दिन अगाडीको झरीले शिवाखोलाको पुल बगाएपछि पारि पट्टी सम्म अर्कै गाडिमा यात्रुहरु यासोक तथा आङसराङबाट आएका थिए ।
शिवा खोलाको पुलमा हिडेर तरेपछी फिदिमबाट गएको बसमा यात्रुहरु चढेर आएका थिए । बस चढेको करिव ५ मिनेटको बाटोमा अटो रिक्सालाइ लाइ ओभरटेक गर्ने क्रममा बस माथ्लो बाटोबाट तल्लो बाटोमा खसेको घाइते यात्रुले जानकारी दिए ।
दुर्घटनामा ६० भन्दा धेरै घाइते भएका छन् । मृतक र घाइते को सनाखत हुन सकेको छैन् । जिल्लाका ३ वटै अस्पताल विरामीले भरिएका छन् भने गम्भिर घाइतेलाइ थप उपचारको लागि बाहिर रेफर गरिएको छ ।

