कार्तिक ११ गते :सिरहामा आज फेरी दु:खद घटना घटेको छ |सिरहाको धनगढीमाई नगरपालिकामा बस्ने प्रकाश कामतको छोरी ११ वर्षीय करिश्माको माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।
घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उनको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जानकारी दिएको हो ।
सोही क्रममा अन्य ६ जना पनि घाइते भयका छन |उनिहरु मध्य ४ जनालाई उपचारको लागि जानकी पोलिकिल्निक जिरोमाइल धनगढीमा उपचार भईरहेको छ भने गम्भीर घाइते रहेका अन्य २ जनालाई नोबेल अस्पताल विराटनगर पठाइएको सिरहा प्रहरीले जनाएको छ ।

