सबैलाई पठाउनु होला

कार्तिक १८ काठमाडौं । दुवै मिर्गौला फेल भई उपचाररत आरुघाट गाउँपािलका वडा नं. ४ थुमिका खिम बहादुर थापा मगर नयाँ जीवनका लागि सबै सहयोगी मनहरु संग हातजोडेर सहयोगको अपिल गरेका छन् ।

 

खिम आफ्नो दैनिकी टार्न लामो समय मलेसिया बसे मलेसियामा छदै बिरामी हुन थाले । अलिअलि मलेसियामा कमाएको पैसा पनि उपचार गरेर सकियो ।अनि नेपाल फर्किए अहिले नियमित डाइलेसेस गरिरहेको छु । मेरो जन्मदिने आमाले नै मलाई मिर्गौला दिने भएपछि मिर्गौला प्रतिरोपनको लागि मसँग पैसा छैन । सबै सहयोगी मन संग सहयोग अपील गरिरहेको छु ।

 

 

 

आज मगरको बिरामी भएको खबर मलेसियामा रहेका मगरको साथी ले पराजुलीलाई बिरामी भएको खबर सुनाए पछि समयको बाबजुत पनि खिम बहादुर थापा मगरको भाडामा बसेको कोठामा पुगी स्वास्थ्य अवस्था भुझि सन्तुना दिँदै उपचारको लागि थप सहयोग पुगोस् भन्दै जासपा गोरखाका उपाध्यक्ष राजेन्द्र पराजुलीले १० हजार सहयोग गर्नु भएको छ । साथै गोरखाकै आरुघाट गाउँपालिका ३ का एन बहादुर थापा मगर ले पनि ३ हजार सहयोग गरेका छन् ।

 

हरेक दुःख शुखको साथी जुनसुकै अफ्ठेरोमा महत्वपूर्ण भूमिका खेल्दै सर्वहारा निमुखा जनताको सारथी बन्दै आएका छन् ।

गुनासो चौतारी संग कुरा गर्दै पराजुलीले भने सहयो भन्ने कुरा धनले मात्र हुँदैन ठूलो मन पनि चाहिन्छ । सेवानै सबभन्दा ठूलो धर्म हो । यस्ता दुःखी हरुलाई सहयोग गर्न पाउँदा मलाई झन थप उर्जा मिल्छ भने ।

अन्तमा पराजुली सबै नेपालीहरुमा आफ्नो तर्फ बाट सहयोग गर्न अपील गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com