कार्तिक २३, काठमाडौ हुण्डी कारोबारको आरोपमा २० लाख रुपैयाँ नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा विश्रामपुगर गाउँपालिका –५ नकटुवाका ३१ वर्षीय चन्दनकुमार शाह छन् ।

 

शाहलाई प्रहरीले वीरगन्ज –८ घण्टाघरस्थित सडकबाट सोमबार पक्राउ गरेको हो ।

 

ना ४८ प ७६९१ नम्बरको मोटरसाइकल चढी घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेका साहलाई प्रहरीले रोकेर चेक गर्दा उनले बोकेको झोलामा श्रोत नखुलेको २० लाख रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ ।

 

उक्त रकम बरामद गरी मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपप् ओमप्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com