मंसिर ३ काठमाडौं । एक सफल ब्यवसायी समाजसेवी तथा राजनीतिग्य ब्यक्ती राजेन्द्र पराजुली अहिले गोरखा र आरुघाट गाउपालिकाको जनताको मन मुटुमा बस्न सफल हुनुभयको छ | पराजुली अहिले हरेक जनताको सुख दु:खमा दिन रात नभनी आफुले सक्ने सहयोग गर्दै आउनु भयको छ |
आफ्नो गृहजिल्ला गोरखाको जनताका घर दैलो गर्दै समस्या र गुनासो सुन्दै पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई सुज अभियानअन्तर्गत गोरखाका गाउँ-गाउँ पुगेका छन्।

अहिले गोरखाको आरुघाट गाउपालिकाको जनताको आसाको केन्द्रबिन्दु समेत पराजुली बन्नुभयको छ |पराजुली आफ्नो ब्यवसाय तथा राजनीतिमा समेत धेरै दु:ख कष्ठ गर्दै अगाडि बढदै जनताको मन मुटुमा बस्न सफल हुनुभयको हो |पराजुली एक सोझो इमान्दार र निडर ब्यक्ती हुनुहुन्छ |
स्थानीयस्तरबाटै खेलकूदको विकास र खेलाडीलाई प्रोत्साहन गर्न आरुघाट गाउँपालिका स्वाँरा (३)का स्वाँरा थुमि, थुमि स्वाँरा गाउँ र पोर्खनिबोट क्लबलाई खेलकूद सामग्री सहयोग गर्नुभएको छ ।
यसै दौरानमा ६५ बोराचामाल आरुघाट गाउँपालिका काे १,२,३,४,५ वाड्मा रहेका भुमि हिन अशक्त अपांग बृदा र छाक बसेका हरुलाई चामल राहत बितरण गरियाे।

उहाको सोचाइमा जनताको मन मुटुमा बस्नको लागि जनतालाई आश्वासन मात्र दियर हुँदैन उनिहरु सग प्रतक्ष्य भेटेर साथ सहयोग गरे मात्र जनताको मन जित्न सकिन्छ भनेर गुनासो चौतारी लाई बताउनु भयो |पराजुलिले आफु सफल हुनुमा आफ्नो परिवारको समेत साथ सहयोग रहेको बताउनु भयो |
भट्टराई सँग सँगै पराजुली सडक नपुगेका क्षेत्रमा लौरी टेकेरै पुगेका छन्। जसपाको संगठन सुदृढीकरण तथा गोरखाका जनतासँग कुराकानी गर्न भन्दै उनी गाउँगाउँ पुगेका हुन्।

